जग्गा लेनदेन विवादमा पैसा उठाउन खोज्दा चर्चित गुन्डा नाइके गणेश लामा प्रहरी फन्दामा परेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । उनले ललितपुरको भैसेपाटीका कैलाश बाँस्कोटालाई अपरहण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको प्रहरीले जनाएको छ ।
घटनामा उनका सहयागी विक्रमजीत लामा पक्राउ परेका छन् । गणेश भने फरार छन् । गत साउन ३० गते लामासहितका व्यक्तिले बास्कोटालाई अपरहण गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।