राष्ट्रपति रामवरण यादवले आन्दोलनका नाममा जातीय हिंसा र सामाजिक सद्भाव भड्कन नदिन र तत्काल वार्तामा बसी समस्याको समाधान खोज्न मधेसी नेतालाई आग्रह गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा उनले आफ्ना माग संविधान संशोधनमार्फत सम्बोधन गर्ने बाटो रोज्न आग्रह गरे ।
उनले जनतालाई दुख दिने कामको अगुवाइ नगर्न पनि नेता ठाकुरलाई सुझाव दिएको राष्ट्रपति कार्यालउले जनाएको छ ।