राजविराजमा एक महिला सामूहिक बलात्कारको सिकार भएकी छिन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रसिद्ध शक्तिपीठ छिन्न्मस्तामा पूजा गरी घर फर्कने क्रममा दुई सन्तानकी आमा ३३ वर्षीया महिलालाई सात जनाको समूहले मंगलबार राती बलात्कार गरेको महिलाले बताएकी छिन् ।
बाटोछेउकै पोखरी किनारमा सामूहिक बलात्कार भइरहदाँ चिच्याएपनि कोही उद्धार गर्न नआएको उनले गुनासो गरिन।