वर्षातको समयमा समेत दैनिक सात घण्टाभन्दा बढी लोडसेडिङको समस्या भोगिरहेका सर्वसाधारणका लागि लोडसेडिङ न्युनीकरण गर्ने योजनामा समेत उर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीविच विवाद देखिएको छ । राजधानी दैनिकमा समाचार छ ।
सरकारले आगामी हिउँदमा दैनिक ८ घन्टा र नेपाल विद्युत प्राधिकरणले दैनिक १३ घण्टासम्म लोडसेडिङ गर्ने सार्वजनिक गरेर जनतामा त्रास फैलाइरहेका बेला मन्त्री र सचिवविच विवाद देखिएको हो ।
मन्त्रीले सोलार र सचिवले डिजेल प्लान्टतिर जोड दिएका छन् ।