नेपालमा गैर कानुनी मानिने ढुकुटीको धन्दा नै संचालन गरेर ७५ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले आपसी लेनदेनभन्दै कारबाही नगरी छाडेको छ । आर्थिक दैनिकमा समाचार छ ।
सीतापाइलामा रहेको सीतापाइला बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धर र उनकी श्रीमती शर्मिलाले संचालन गरेको ढुकुटीबाट ठगिएका एक व्यक्तिले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए । तर प्रहरीले लेनदेनको कागज गराएर उनीहरुलाई छाडेको छ ।
राष्ट्रिय सहकारी बोर्डका सदस्यसमेत रहेका मानन्धर र उनकी पत्नीले ढुकुटी खेलाएर ७५ लाख ठगी गरेको र पैसा फिर्ता माग्दा भुक्तानी वापत दिएको २५ लाख रुपैयाँको चेक बाउन्स भएपछि नृपेन्द्र श्रेष्ठले उजुरी हालेका थिए ।