टर्किस एयरलायन्सबाट यूरोप, अमेरिका, क्यानडालगायत सेनजेन र ओइसीडी मुलुक जाने नेपालीले अनलाईनबाटै टर्कीको पनि भिसा पाउने भएका छन् । इस्तानबुल ट्रान्जिट हुदै यी मुलुक जाने क्रेडिट कार्ड भएका नेपालीले अनलाइन र्फम भरेर तुरुन्तै भिजिट भिसा पाउने छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
क्रेडिट कार्ड नभएका नेपाली यात्रुले टर्किस एयरलायन्सको नक्सालस्थित सिटीअफिसबाट पाउने छन् । यस्तो भिसा विषेश गरेर लामो समय ट्रान्जिटमा बस्नु परे प्रयोगमा ल्याउन सकिन्छ । भिसा नभएर एयरपोर्टबाट बाहिर निस्कन सकिदैन । तर लामो समयको ट्रान्जिट परेको अवस्थामा अनलाइन भिसा लिई केही समय घुमफिर गर्न सकिने छ ।
टर्किसको मार्केटीङ्ग तथा शेल्स शाखा प्रमुख निर्जरहर्ष वज्राचार्यका अनुसार, भिसा शुल्क २५ डलर तोकिएको छ । 'क्रेडीट कार्ड भएका नेपालीहरुले २० डलरमै यो भिसा लिन सक्नेछन,' उनले भने, 'हामीले २५ डलरमा उपलब्ध गराउने छौ ।'यो भिसा अनलाइनबाट ५ मिनेट भित्रै उपलब्ध हुनेछ । तर सेनज्यान र ओइसीडीको सूचीमा पर्ने ३४ वटा मुलुकको भिसा नभएकाले भने यो भिसा पाउदैनन् ।