एमाओवादी नेतृत्वले संविधान निर्माण प्रक्रियासँग असन्तुष्ट दललाई समेत वार्तामा ल्याई सहमति खोज्न दौडधूप थालेको छ । कांग्रेस–एमालेसंगका भेटवार्ता पनि तीव्र बनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
कांग्रेस नेताहरुसंगको छलफलका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बिहीबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । कांग्रेसबाट प्रधानमन्त्री सुशील कोइरालासहितका शीर्ष नेता बैठकमा सहभागी थिए ।
त्यसलगत्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी नेतृत्वको थारु नेताहरुको टोलीसंग अध्यक्ष दाहालले आफ्नो निवास लाजिम्पाटमा भेट गरेको एमाओवादी केन्द्रिय सदस्यसमेत रहेका दाहालका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिए ।