४५ टन रक्तचन्दन भारतबाट तस्करी भएको खुलेसके पनि अहिलेसम्म फिर्ता पठाइएको छैन् । कारोबार दैनिकमा समाचार छ ।
मन्त्रिपरिषद्को बैठकले मुद्दाको किनारा लागिसकेको ४५ टनमध्ये २७ टन रक्तचन्दन भारत फिर्ता पठाउने निर्णय गरेको थियो ।
वन मन्त्रालयले ती रक्तचन्दन भारत फर्काउनका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्ताव स्वीकृत भएको ५ महिना बितिसकेको छ । परराष्ट्र मन्त्रालयलाई भारत फिर्ताका लागि पत्राचार गरेपनि प्रतिक्रया नआएको वन विभागले जनाएको छ ।