भक्तपुर जिल्ला अदालतले बहुविवाह मुद्दामा गरेको फैसला अटेर गरी फरार रहेका व्यक्तिलाई १० वर्षपछि जेल चलान गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
सूर्यविनायक नगरपालिका ११ नखेलका गोबिन्द खत्रीलाई अदालतले २०६२ जेठ ५ गते ११ महिना १० दिन जेल कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो । उनलाई १० वर्षपछि पक्राउ गरी सोमबार जेल चलान गरिएको हो ।