वैदेशिक रोजगार व्यवसायीले चालू आर्थिकवर्ष पहिलो महिनामै खाडीका ६ मुलुक र मलेसियामा फ्रि भिसा र टिकटमा ७१ हजारभन्दा बढी कामदार माग ल्याएका छन् । कारोबार दैनिकमा समाचार छ । वैदेशिक रोजगार विभागले ती मागमा पूर्वश्रमस्वीकृति दिइसकेको छ ।
श्रम मन्त्रालयले असार ३१ गतेदेखि ७ मुलुकमा फ्रि भिसा र टिकट लागु गरेपछि पनि वैदेशिक रोजगार व्यवसायीको आन्दोलनका कारण साउनबाट मात्र लागु भएको थियो ।