पशुपति आर्यघाटमा अत्याधुनिक मेसिनबाट शव दहा गर्न कार्य अन्तिम चरणमा पुगेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार मेसिनबाट शव दहनको नियमित कार्य असोज १ गतेबाट हुनेछ। मेसिनबाट शव दहनको परीक्षण कार्य भने अबको एक साताभित्रबाट पुरा गरिने खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनका अनुसार मेसिन जडान कार्य सकिएकाले सातादिन भित्र शवको दहन परीक्षण सुरू हुन्छ। त्यसपछि नियमित दहनको कार्य हुन्छ।