कुमार घैँटे मारिनुको कारण प्रहरीभित्रको दुई धार हो । अहिले अपराध महाशाखामा रहेका प्रहरीको घैँटेको समूहसँग दुस्मनी छ । त्यही कारण उनी नै टार्गेट भएको स्रोत बताउँछ । अर्काेतर्फ घैँटेको केही उच्च प्रहरी अधिकारीसँग लेनदेनको विषयलाई लिएर विवाद बढेको थियो ।
त्यस्तै एमालेनिकट डन दिनेश अधिकारी चरीलाई मात्र इन्काउन्टर गरेर अरूलाई सहयोग गरेको आरोप प्रहरीमाथि थियो । घैँटे र चरी कट्टर दुस्मन थिए । प्रहरी व्यक्ति होइन गुन्डागर्दीविरुद्ध आफू सक्रिय रहेको सन्देश दिन चाहन्थ्यो । पुष्कर कार्की अपराध महाशाखामा हुँदा मारिने डरले घैँटे अधिकांश समय विदेशमा लुकेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।