छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर ६ का ६० वर्षीय तुलबहादुर शाही पक्राउ गरेका छन् । नागरिक दैनिकमा समाचार छ ।
सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
केही समययता बालिका दुब्लाउँदै जानु, टोलाइरहने समस्या देखिएपछि सोधपुछ गर्दा घटना बाहिर आएको हो ।