संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा संविधानविरोधी समूह र दलहरु सक्रिय हुन थालेको निष्कर्षसहित नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउन सुरु गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रमुख दलहरुबीचको सहमतिमा संविधानसभा सचिवालयले ३२ साउनमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाएसँगै सुरक्षा चुनौती बढ्न थालेको भन्दै मुलुकभर उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
पछिल्लो समय सेनाले मुलुकको सुरक्षा अवस्था बिग्रदो रहेको र संविधान जारी गर्ने बेलामा झनै कमजोर हुने निष्कर्ष निकालेको थियो ।