सरकारले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरिय माथेमा कार्यदलको प्रतिवेदन एकमहिनादेखि मन्त्रिपरिषद्मा थन्किएको छ ।नागरिक दैनिकमा समाचार छ ।
प्रधानमन्त्री सुशील कोइरालाले प्रतिवेदन बुझाएकै दिनबाट त्यसका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि त्यसविरुद्ध सक्रिय मेडिकल कजेजका संचालकको दबाबमा केही मन्त्रीले प्रतिवेदन समितिमा अड्काएका हुन् ।
कार्यदलले प्रतिवेदन बुझाएको तेस्रो दिन असार १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रतिवेदनका सुझाव सार्वजनिक गर्ने र सिफारिस क्रमश कार्यान्वयन गर्दै लैजाने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।