चीनको बेइजिङमा रहेको घन्टा संग्रहालयमा नेपाली घन्टा थपिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाल चीन कार्यकारी परिषदले दुई देशबीचमा कुटनीतिक सम्बन्ध स्थापना भएको साठीऔँ वाषिर्कोत्सवको अवसर बनाएर अगष्ट एक तारिख शनिबार संग्रहालयलाई घन्टा हस्तान्तरण गरेको हो ।
पाटनको तलेजु मन्दिर अगाडिको घन्टाकै अनुसरण गरेर बनाइएको घन्टाको तौल लगभग साठी किलो भएको नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले बताए । घन्टालाई झुन्ड्याउनका लागि बनाइएको काठको कलात्मक फ्रेमले नेपालको परम्परागत काष्ठकलाको प्रतिनिधित्व गरेको छ ।
विश्वमै नामी मानिएको र धेरै देशका घन्टाहरु संग्रह गरिएको संग्रहालयमा अब नेपाली घन्टाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरमा पुर्याउन थप प्रयास गरेको भट्टराईले बताए ।