थापाथलीस्थित प्रसूतिगृहका भित्तामा कोरिएको छ(सुत्केरीलाई पोषिलो खाना खुवाउनू, शिशुलाई जन्मेको एक घण्टामै स्तनपान गराउनू । अस्पतालमा भर्ना भएका सुत्केरीलाई भने एक छाकमा २२ रुपैयाँको खुराक दिइन्छ । आलो सुत्केरी यस्तो खानाले कसरी अघाऊन् । भोकभोकै स्तनपान कसरी गराऊन् । ‘अस्पतालको दालमा दालै भेटिन्न, तरकारीको झोल पनि पानीजस्तै हुन्छ,’ जनरल वार्डमा भर्ना भएकी भक्तपुर थिमीकी तुलमाया सनिसीले भनिन्,’यस्तो खाएर कसरी पेट भर्नू ?’ प्रसूति गृहकमा सुत्केरीलाई २२ रुपैयाँको खुराक भनेर आजको नागरिकमा खबर छापिएको छ ।
तीन दिनकी सुत्केरी उनले खाली पेटमा शिशुलाई स्तनपवान गराउनु परेको वताइन् । उनले जतिसक्दो चाँडो अस्पतालवाट डिस्चार्ज हुन चाहेको वताइन् ।’एकदिन आफन्तले घरवाट ल्याइदिएका थिए, त्यही दिनमात्र पेट भरियो,’उनले भनिन्,’यहाँको खाना खानै सकिन्न ।’
अस्पतालले अनुमानित ८० सुत्केरीका लागि बार्षिक करिब १८ लाख रुपैयाँको खाद्यसामग्री मगाएको छ । ‘प्रतिदिन १ सय ६० प्लेटको हिसाव गर्दा सुत्केरीको खुराक २० देखि २२ रुपैयाँ पर्न जान्छ, प्रसुतिगृहका प्रशासकिय अधिकृत अमर अमात्यले सुनाए ।
२२ रुपैयाँले दाल, चामल, तरकारी, हरियो सब्जी तथा सातामा दुई पटक मासु खुवाउनु पर्ने ठेक्कामा उललेख छ । ‘ठेकेदारले मासु खुवाउन किचकिच गर्न थालेको छ,’उनले भने (अन्य खानाको गुणस्तर कस्तो छ, आफै कल्पना गर्नुस् । ‘ प्रसूति गृहमा दैनिक ७०-८० जनाले मात्र अस्पतालको खाना खाने गरेको स्रोतले बताउँछ ।