अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी ओहदामा रहेका १० कर्मचारीको बैंक तथा वित्तीय विवरण मागेको छ । २ सय ५० जनाको सम्पत्ति छानबिन गरिरहेको अख्तियारले केही दिनअघि राष्ट्र बैंकलाई पत्र लेखी ती कर्मचारीसहित श्रीमती र परिवारका सबै सदस्यको बैंक विवरण मागेको आजको राजधानी दैनिकमा खबर छ ।
आयोगले पहिलो चरणमा छानबिनको दायरामा आएका २ सय ५० जना कर्मचारी तथा अन्य व्यक्तिको लकर रोक्का गरेको थियो । लकर रोक्कापछि आयोगले नेपालभर रहेका बैंकसँग विवरण मागेको हो । आयोगले नेपाल विद्युत् प्राधिकरणका ऊर्जा व्यापार विभाग निर्देशक शेरसिंह भाट र उनको परिवारका सबै सदस्यको बैंक विवरण मागेको छ । पत्रमा भाटपत्नी, बाबु, हजुरबुबा, आमा, एक छोरा र एक छोरीको नाममा बैंक विवरण मागेको हो । पत्रमा उनीहरूको नाममा नेपालभरमा बैंक खाता भए( नभएको यथार्थ विवरण दिन भनिएको छ ।
अख्तियारले अकूत सम्पत्ति छानबिनको क्रममा काठमाडौं महानगरपालिकाका अधिकृत साधुराम भट्टराई, नेपाल विद्युत् प्राधिकरणका वितरण तथा ग्राहक निर्देशनालयका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका सहनिर्देशक हुमबहादुर केसी र उनको परिवारको नाममा रहेको बैंक विवरण पनि मागेको छ । यस्तै, अख्तियारले रमेशचन्द्र देवकोटा र उनको परिवारका सदस्यको पनि बैंक विवरण मागेको छ ।
यस्तै, रामबहादुर थापा र उनको परिवारको बैंक विवरण पनि आयोगले मागेको छ । काठमाडौं महानगरपालिकाका इन्जिनियर देवेन्द्र डंगोलको पनि विस्तृत बैंक विवरण मागिएको छ । अख्तियारले काठमाडौं महानगरपालिकाकै कर्मचारी बद्रीबहादुर खड्का र उनको परिवारका सदस्यको पनि बैंक विवरण मागेको छ ।
अकूत सम्पत्ति छानबिनको क्रममा जगतसिंह शाक्य र उनको परिवारको बैंक विवरण पनि अख्तियारले मागेको छ । आयोगले निरज अधिकारी र रेखा कार्की रेग्मीको पनि बैंक विवरण माग गरेको छ । विवरणका साथै उनीहरुको आयोगले निरज अधिकारी र रेखा कार्की रेग्मीको पनि बैंक विवरण माग गरेको छ ।
बैंकसहित विभिन्न प्रकारका नागरिक बचतपत्र र राष्ट्रिय बचतपत्र खरिद–बिक्रीको विवरणसमेत मागेको छ । उनीहरुकी पत्नी, छोरा(छोरी, बुबा, आमा र बाजेको नाममा नेपालभर भएका बैंक तथा वित्तीय संस्थामा खातासहित अन्य लगानी विवरण दिन भनिएको छ