८ वर्षीय कुमार लिम्बु (नाम परिवर्तन) साथीभाइको संगतले कुलतमा फसेपछि लागूऔषधकै लागि दैनिक ४५ पाउन्ड चाहिने भयो । पैसा नदिए गाडी, घर जलाइदिने धम्की दिने । सुरुमा बाबुआमाले जेनतेन छोराको इच्छा पुर्याइदिए तर कहाँ सम्भव हुन्थ्यो र । छोराकै खर्चले घरको मोर्गेज (ऋण) समेत तिर्न धौधौ परेर उनका बाबु एकपटक बेहोसै भएर ढले, तर उनी सुध्रेनन् । अति भएपछि आफन्तले सरकारी पुनःस्थापना केन्द्र पुर्याइदिए । त्यहाँ पनि तलतल लाग्न छाडेन । अहिले सरकारले हेरोइनको साटो दिने म्याथाडोन सेवन गरिरहेका छन् । कम्तीमा परिवारले खर्च धान्नुपरेको छैन ।
बेलायतमै हुर्केकी २१ वर्षीया रश्मी थापा(नाम परिवर्तन) लागूऔषधमा फसेको ३ वर्ष भयो । नेपाल र हङकङबाट आएका लागूऔषधमा डुबेका युवासूग हिमचिम भएपछि उनमा पनि लत बस्यो । घर वा अन्यत्र केही सामान भेट्यो कि चोरेर 'ड्रग्स' किन्न गइहाल्ने भएपछि जेलसमेत परिन् उनी । छुटेपछि परिवारले घर छिर्नै दिएन, बेसहारा जस्तै भइन् । साथीभाइको सहयोगमा रसमोर काउन्सिलको 'सब्स्ट्यान्स मिस युज युनिटु पुगिन्, हाल उपचाररत रहेकी आजको कान्तिपुरमा खबर छ ।
जिन्दगीप्रति बढ्दो वितृष्णा, बेरोजगारी र नेपाल हुँदा बुनेको सुन्दर सपना बीचैमा टुटेपछिको दिग्दारीले दुव्र्यसनी बन्ने नेपाली युवाको प्रतिनिधि हुन्, रश्मी र कुमार । अम्मली बढेपछि नेपाली समुदाय र अभिभावक चिन्तित छन् । उनीहरूको कुलत छुटाउन अभिभावक र समुदायको पहल निष्प्रभावी बन्दै गएको छ ।'५ वर्षअघिको तुलनामा दुव्र्यसनी अहिले पनि उस्तै छन्,' सबैभन्दा बढी नेपाली बसोबास गर्ने रसमोर बरो काउन्सिलका कम्युनिटी सपोर्ट अफिसर नेम थापा भन्छन्', 'पुराना अम्मली हेरोइन जस्तो क्लास ए ड्रग्समै अडिग छन् भने नयाँ युवा क्लास बी ड्रग्स गाँजातर्फ आकर्षित छन् ।' उनका अनुसार रसमोर क्षेत्रमा मात्र करिब ३ सय नेपाली तन्नेरी निरन्तर दुव्र्यसनमा छन् । रसमोर बरो काउन्सिलबाट नेपाली युवाको दुव्र्यसन नियन्त्रणमा नियुक्ति पाएका अधिकृत हुन् थापा ।
४ वर्षअघि बेलायत आएका पोखरा माटेपानीका रोशन गुरुङको नेपालमै बानी लागेको थियो । यहाँ आएर पनि लत नत्यागेपछि परिवारले नेपाल लग्यो नार्कोनन् केन्द्रमा । १ वर्ष नार्कोनन् बसी केही सुध्रेर फेरि आए, पुरानै दिनचर्यामा फर्केपछि परिवार आजित छ ।