ध्रुबबहादु प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीले आसन्न दोस्रो युथ एसियन गेममा नामै नसुनेको र परिषद्मै दर्ता नभएको खेल संघ र खेलाडीलाई सहभागि गराउने तयारी गरेको आजको नयाँ पत्रिकामा खबर छ।
एनओसीले यही बुधबारदेखि चीनको नान्जिङमा सुरु हुने प्रतियोगितामा परिषद्सँग आवद्ध नभएको फेन्सिङ खललाई सहभागि गराउन लागेको हो। फेन्सिङ खेल नेपालमा नामै नसुनेको खेल हो। यो खेल र खेलाडीका बारे राष्ट्रिय खेलकुद परिषद नै अनविज्ञ छ।