स्वास्थ्यमन्त्री राजेन्द्र महतोले एउटै मन्त्रालयमा दुई सचिव नियुक्त गरेपछि उत्पन्न भद्रगोलवाट उम्कन राजीनामा दिएकी तत्कालीन सचिव सुधा शर्मा यतिखेर तान्जानियाको दारेसलाममा युनिसेफ जागिरे छिन् । उनका चिकित्सक पति विजय पनि स्थानीय टिएमजे अस्पतालमा चिकित्सक छन् । ६२ वर्षीय शर्मा वीर अस्पतालका पूर्व चिकित्सक पनि हुन् । यी चिकित्सक दम्पति प्रतिनिधि पात्रमात्र हुन् ।
पछिल्लो समय अवसरको खोजीमा विभिन्न अफ्रिकी मुलुक पुग्ने नेपाली चिकित्सकको संख्या करिव १ सय छ । शर्माका अनुसार काम गर्ने वातावरण, पाएको अबसर र राम्रो कमाई का कारण यति टाढाको दुनियाँमा रमाउँदै काम गर्नुपर्ने अवस्था उनीहरुसँग छ ।
अँध्यारो महादेशका रुपमा चिनिने अफ्रिका नेपाली चिकित्सकहरु स्वास्थ्य सेवाको उज्यालो फैलाउँदै रहेको आजको कान्तिपुरमा खबर छ ।
स्वास्थ मन्त्रालयकै अर्का चिकित्सक विन्देश्वरप्रसाद यादव अर्को उदाहरण हुन् । जो, दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा ४ वर्षदेखि मेडिकल जागिरे छन्, बढुवामा भएको अन्याय सहन नसकेर राजीनामा दुई उनी त्यता हानिएका हुन् । निरगन्जबासी उनले स्थानीय सहरमा क्लिनिक खोलेका छन् ।