केन्द्रीय कारागारको गोलघरमा जेलजिवन विताइरहेका कुख्यात अपराधी चालर्स शोभराजविरूद्ध प्रहरीले अर्को मुद्दा पनि चलाउने तयारी गरेको छ। अमेरीकी नागरिक कोनी जो ब्रुनिजको हत्या मुद्दामा जन्मकैदको सजाय भोगिरहेका चार्ल्समाथि क्यानडाका नागरिकको हत्या मुद्दा पनि चलाउन लागिएको आजको नयाँ पत्रिमामा खबर छ।
सन् १९७५ डिसेम्बरको तस्रो साता क्यानाडाका नागरिक लउरेन्ट क्यारिरेको हत्या मुद्दा शोभराजमाथि चलाउन लागिएको हो। माहानगरीय प्रहरी परिसर भक्तपुरले सो घटनामा शोभराजको संलग्नताको प्रमाण संकलन गरी बयानका लागि डाकिसकेको छ।
'हामीले शोभराजको बयानको लागि कारागारलाई पत्र लेखिसकेका छौं,' भक्तपुर प्रहरी परिसरका इन्सपेक्टर अर्जुन श्रेष्ठ भन्छन्,' अदालतबाट पनि मिसिल मगाएका छौं।'
प्रहरीका अनुसार होटलमा चिनजान भएका लउरेन्टलाई हिराखानी देखाउन लैजाने भन्दै शोभराजले भक्तपुरमा लगेर मध्यराती बीभत्स तरिकाले हत्या गरेका थिए।