प्रमुख प्रतिपक्षी दल एमाओवादीले जनयुद्ध र जनआन्दोलनका मुख्य उपलब्धी संस्थागत गर्न थुप्रै बिषयमा सम्झौता गरेर संविधान निर्माण प्रक्रियामा सहभागी हुनु परेको प्रष्ट पारेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
आफूले उठाउँदै आएका बिषयलाई संविधानको संशोधन प्रस्तावको रुपमा लैजाने गरी अहिले सम्झौता गरेर भएपनि संविधान निर्माण गर्न अग्रसर हुनु परेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
पार्टीको संविधान मस्यौदा समितिका संयोजक समेत रहेका श्रेष्ठले अन्नपूर्णसँंग भने‘प्रतिगामी षडयन्त्रलाई परास्त गर्न मुलभुत उपलब्धी संस्थागत गर्न संविधान बनाउनै पर्ने अवस्था थियो।
संविधानसभाको मस्यौदा समितिले आफनो क्षेत्राधिकार उल्लंघन गरेको बिषयलाई हामीले संविधान सभाबाट सच्याउने अपेक्षा गरेका छौ।' एमाओवादीले संविधानको मस्यौदामा १३ पृष्ठ लामो असहमति र फरक मतका सच्याइनु पर्ने बिषय मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलालाई बुझाएको छ।
सिटौलाले संविधानसभामा पेश गरेको मस्यौदामा आफनो पार्टीको गम्भीर असहमति रहेको भन्दै एमाओवादीले आफना असहमति र फरकमत पेश गरेको हो।
प्रकाशित मिति: 2015-07-01 06:45:21