नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ संस्थाले पठाएको किचन सामग्री कहाँ पुगे भन्नेमा सरकार बेखबर छ । नागरिक दैनिकमा समाचार छ ।
पूर्ण भन्सार छुटमा नेपाल भित्र्याइएका करोडौं मूल्य बराबरका ती सामग्री अधिकांश भूकम्प पीडितसम्म पुगेको छैन् ।
भूकम्प पीडितलाई विदेशबाट आउने राहत सामग्री संकलन र वितरणको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयसँग न यी सामग्री कसले भित्र्यायो तथा लग्यो भन्ने विवरण छैन् ।