बाहिरी जिल्लाबाट उपत्यकामा आयात हुने कुखुरा बजार पठाउनुपूर्व कहाँ राख्ने भन्ने टुंगोविना नै सरकारले कुखुरा किनबेचको प्रतिबन्ध खुलाएको छ । उपत्यकामा तीनवटै जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेका बेला राजधानी भित्रिने स्वस्थ कुखुरामा समेत संक्रमण फैलने खतरा बढेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
व्यवसायीको ‘बर्डफ्लु भेटिएका कुखुरा फर्मका सञ्चालकले तत्काल कुखुरा आयात गर्दैनौं’ भन्ने मोखिक प्रतिबद्वतालाई पत्याएर सरकारले राजधानीमा कुखुरा किनबेच खुला गरेको हो। व्यवसायीको चर्को दबाबपछि नागार्जुन , नागढुङ्गा, फर्पिङ र साँगा गरी चार नाकाबाट चेकजाँच गरेर स्वस्थ कुखुरा मात्र उपत्यकामा भित्र्याउने गरी सरकारले कुखुरा किनबेच खुला गरेको छ ।
राजधानीमा विभिन्न जिल्लाबाट प्रतिट्रक २ हजारका दरले दैनिक३० ट्रक कुखुरा आयात हुन्छ । आयातित सबै कुखुरा बजार पठाउन सकिन्न । बजार नपठाउन्जेल कहाँ राख्ने भन्ने बारे सरकाले चासो दिएको छैन ।