राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंको धुम्बाराहीमा केही महिनाअघि बनाएको पार्टीको आलिसान कार्यालय भवन अवैध रहेको पाइएको छ। पार्टीका कोषाध्यक्ष दिलविकास राजभण्डारीबाट दानस्रूप पाएको जग्गामा तीन करोड ६० लाख खर्चेर बनाएको महलको कामनपाबाट नक्सापास नै भएको छैन भने भवन पनि मापदण्ड विपरित रहेको आजको नयाँ पत्रिमामा खबर छ।
१२ आना क्षेत्रफलमा फैलीएको 'शशिकला स्मृति भवन' नाम दिएको सो भवन ११ हजार भोल्टको विद्युत लाइनमुनी बनाएको छ। सो क्षमताको विद्युत लाइनमुनी कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भवन निर्माण संहिताले स्पष्ट तोकेको छ।