दुई सय रूपैयाँका लागि स्याङजाको श्रीकृष्णगण्डकी गाविस–८ मा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षिय नविन विक छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
उनका २२ वर्षीय दाजु अर्जुन विकको शव गत शुक्रबार घाँटीमा नीलडाम भएको शंकास्पद अवस्थामा फेला परेको थियो । मादकपदार्थ सेवन गरेका दाजुभाइबीच दुई सय रूपैयाँका लागि झगडा भएको र माग्दा अर्जुनले नदिएपछि नविनले प्लाष्टिकको डोरीले घाँटीमा बेरी हत्या गरेको खुल्न आएको डीएसपी राजकुमार बैदवारले बताएका छन् ।
प्रकाशित मिति: 2015-06-22 05:57:25