एक सय ३६ वर्ष पुरानो विश्वविख्यात अमेरीकी अखवार'वासिङटन पोष्ट' आर्थिक संकटको कारण देखाउँदै विक्री गरिएको छ।
इन्टरनेटबाट सामान बिक्री गर्ने कम्पनी अमेजन डटकमका संस्थापक जेफरी पी बिजोसले २५ करोड अमेरीकी डलरमा मंगलबार यो अखबार किनेका आजको नागरिक दैनिकमा खबर छ।
ग्राहम परिवारका चार पुस्तामा ८० वर्षसम्म पोस्टको स्वामित्व थियो।
वासिङटन पोस्ट 'वाटरगेट' काण्ड पर्दाफास गर्ने अखवारको रूपमा चर्चित छ , जसका कारण तत्कालिन अमेरीकी राष्ट्रपति रिचर्ड निक्सन राजिनामा दिन बाध्य भएका थिए । पछिल्लो समय अनलाईन पाठकको संख्या बढेर अखवारको बिक्री घटेपछि वासिङटन पोस्टले आर्थिक संकट झेल्न थालेको थियो। यही कारण गत वर्ष अमेरकिाबाट प्रकाशित हुने 'न्यूजविक' साप्ताहिक पनि बन्द भएको थियो।