भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा विदेश मन्त्री सलमान खुर्शिदले क्यान्सरको बिरामीबाट थलिएर मेदान्त अस्पतालमा उपचाररत नेपालका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थ्यबारे चासो राखेका छन्। साथै उनीहरुले श्रैष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुष्प गुच्छा पठाएको आजको अन्नपूर्ण पोष्ट र कान्तिपुरमा खबर छ ।
७२ बर्षीय मरिचमानका पुत्र अनिलका अनुसार विदेश मन्त्रालयबाट भेटघाटमा मेदान्त आएका एक पदाधिकारीले प्रधानमन्त्री तथा विदेशमन्त्रीको शुभेच्छाको सन्देश ल्याएका हुन् । 'प्रधानमन्त्री तथा विदेशमन्त्रीका तर्फबाट बुबाको स्वास्थ्यलाभको शुभेच्छा आएको छ, हामी भारत सरकारप्रति आभारी छौं,'अनिलले भने ।
यसैबीच, फोक्सोको क्यान्सरबाट ग्रसित भएर एक महिनादेखि उपचाररत पूर्व प्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य स्थिति नसुधि्रएपछि मंगलबाट फेरि आइसीयू कक्षमा भर्ना गरिएको छ । बिरामीको स्याहारमा अमेरिकाबाट आएकी छोरी रश्मी श्रेष्ठ(निरौला)का अनुसार ज्वरोका कारण बढी समस्या आइरहेको छ ।'यही कारण बुबाको शरीरमा थप इन्फेक्सन देखिएको छ',मेदान्तमा भेटिएकी रश्मिीले भनिन् ।
यसैगरी पूर्व प्रधानमन्त्री श्रेष्ठको उपचार सहयोगमा राज्य तर्फबाट ५ लाख रुपैंयाँ दिइएको भन्ने समाचारमा जानकारी आएपनि आफूलाई त्यसबारे'केही थाहा नभएको' छोरा अनिलले बताए । 'हामीलाई राज्यको यस्तो सहयोगबारे थाहा छैन, कतैबाट केही पाएको पनि छैन,'उनले भने,'बरु देश-विदेशमा रहेका नेपाली दाजुभाइ -दिदीबहिनीको सहयोगमा उपचार खर्च धान्ने काम गरिरहेका छौं ।'
छुट्यो की,