गणतन्त्र दिवसका अवसरमा सरकारले माफी दिन सिफारिस गरेकाको सूचीमा तत्कालीन एसएसपी रणबहादुर चन्दलाई गोली हान्ने उनका अंगरक्षक करणसिंह साउद पनि परेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
चन्द महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा उनलाई साउदले घरमै गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए। काठमाडौं जिल्ला अदालतले २०६८ चैत २१ गते साउदविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षको कैद सजाय सुनाएको थियो।
गृह मन्त्रालयले धेरैजसो चोरी, डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, नकवजनी, चोरी र सवारी ज्यान मुद्दाका कैदीलाई बाँकी सजाय माफी दिन सिफारिस गरेको छ। सिफारिसमा परेका सूचीमा परिवर्तित नाम राखेर पनि पठाइएको छ।
प्रकाशित मिति: 2015-05-29 06:21:03