पूर्वी सुर्खेतको भेरी नदी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर (स्मार्ट सिटी) निर्माण हुने भएको छ। सरकारले विश्व बैंकको सहयोगमा नेपालमा चारवटा नयाँ स्मार्ट सिटी बनाउने निर्णय गरेअनुसार यसको प्रक्रिया सुरु भएको हो। नागरिक दैनिकमा समाचार छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले सहर निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनसमेत थालिसकेको छ। आइतबार मेहलकुनामा आयोजित अन्तरक्रियामा नयाँ आर्थिक वर्षदेखि प्रक्रिया सुरु हुने जानकारी दिइयो। सम्भाव्यता अध्ययनको जिम्मा लिएको सिभिल ओएसिस इन्जिनियरिङ प्रालिका प्रतिनिधि विष्णुप्रसाद तिमिल्सिनाका अनुसार विस्तृत अध्ययन प्रतिवेदनपछि विश्व बैंकको सहयोगमा सहर निर्माण थालिनेछ।