महाभूकम्पपछि बालबालिका अभिभावकबिहीन हुने क्रमसँगै अवैध बालतस्करीसमेत बढ्न थालेको छ । नागरिक दैनिकमा समाचार छ ।
सरकारी नियनलाई पत्तै नदिइ भूकम्प अति प्रभावित दोलखाबाट भारत, देहरादुन लैजान राजधानी ल्याएर राखिएका १९ बालबालिकाको प्रहरीले उद्धार गरेको हो ।
प्रहरीले बालबालिका अवैध ओसारपसारमा सम्लग्न अभियोगमा २ भारतीयसहित ५ जनालाई पक्राउ गरेको छ । दोलखाबाट उपत्यका ल्याएर राखेका ११ बालक र ८ बालिका काठमाडौं र ललितपुरमा फेला परेका हुन् ।