भूकम्पका कारण क्षतिग्रस्त घरको जाँच गर्न गाउँ गएका प्राविधिकहरुलाई नेताका घरमा खाना नखान निर्देशन दिइएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
राजनीतिक दलका नेता कार्यकर्ताको घरमा खाना खाएकै आधारमा घरको क्षतिको विवरण प्रभावित हुने भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले प्राविधिकलाई नखान निर्दैशन दिएका हुन् ।
'हामीलाई वास्तविक रिपोएट चाहिएको हो', गैरेले भने 'कतैबाट प्रभावित नभई जाँच गर्नु, खानाखर्च म व्यर्होछु ।'