सरकारले भूकम्पपछिका जोखिमयुक्त घरहरुलाई चरणबद्ध रुपमा हटाउने तयारी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जोखिमका आधारमा घरहरुलाई वर्गीकरण गरी भत्काउने योजना बनाएको हो ।
सबैभन्दा पहिले अत्यन्त जोखिमयुक्त घरहरुदेखि कम जोखिमयुक्त हुँदै चरणबद्ध रुपमा नक्सा पास नगरी मनोमानी ढंगले निर्माण भएका घरहरु भत्काउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराइले बताए ।
काठमाडौं उपत्यकामा १७ सय जोखिमयुक्त घरमध्ये करिव २ सय अति नै जोखिमयुक्त भएको सूचना पाएका छौं, भट्टराईले भने ।