सरकारले केन्द्रीय प्रशारण लाइन पुगेका सहरी क्षेत्रमा ५ सय वाट पिकभन्दा बढी क्षमताको सोलार जोड्नेलाई सहुलियतपूर्ण ऋणका साथै अनुदान दिने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
उपभोगपछि अतिरिक्त रहने सोलार विद्युत सरकारले नै खरिद गर्नेछ ।
यससम्बन्धी निर्देशिका मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ । यो कार्यक्रम तत्कालै लागू हुनेछ । उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार सोलार जडान गरिसकेपछि एकमुष्ठ १५ हजार रुपैयाँ अनुदान दिइनेछ ।