सरकारले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने प्रक्रिया सुरु गरेको छ । भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई दिइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा भवनहरू भत्काइने छ । भत्काउनुपर्ने भवनहरूको विवरण जिल्लामा संकलन गरी त्यसले तयार गरेको सूचीको आधारमा भवन भत्काइने छ । भत्काउनुपर्ने भवनहरूको विवरण सर्वसाधारणले जिल्ला विपत् व्यवस्थापन समितिमा दिनसक्छन् ।
प्रकाशित मिति: 2015-05-12 05:41:35