प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दातृ निकायको तर्फबाट रकम जम्मा नभईरहेको अबस्थामा अर्थविदहरुले उनीहरुबाट सोचेजति सहयोग नआउने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको भुकम्पपछि आर्थिक विकासका लागि लिनुपर्ने रणनीति बिषयक अन्तरक्रिया कार्यक्रममा अर्थविदहरुले सोचेजति रकम नआउने बताएका हुन् । '
सहयोग आउने रकम समेत दातृ निकायलाई खर्च दिन नहुने उनको तर्क थियो । 'दाताहरुले सरकारलाई जानकारी नदिई गर्ने खर्चको लेखाजोखा नहुने । तर बजारमा पैसा पुग्ने भएकोले नजानिदो गरि मुल्य बृद्धि भईरहेको हुन्छ,' उनले भने ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले पनि दातृ निकायले पुन बाँडफाँड गरेर नियमित बजेटबाटै सहायता देखाउने बताए । 'यस्तो अवस्थामा सरकारले राजश्वको दायरा बढाउन पनि सकदैन,' उनले भने, 'भुकम्पले पर्यटन, वित्तिय, उद्योग लगायत सबै क्षेत्रमा प्रभाब पारेको छ । यस्तो अबस्थामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकषिर्त गर्ने नीति सरकारले लिनु पर्छ ।'
प्रहरीका पुर्व अतिरिक्त महानिरिक्षक नवराज ढकालले भुकम्पले क्षति भएका संरचनाको तत्काल मर्मत संभार नगरे वर्षामा झन ठूलो क्षति हुने बताए ।