महाभूकम्पमा ज्यान गुमाएका साढे सात हजारको शव उद्धारकर्मीले निकालिसकेका छन्। तीमध्ये अधिकांश शव आफन्तलाई जिम्मा लगाएर अन्त्येष्टिसमेत भइसक्यो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
महामारी र रोग निम्तिन सक्नेतर्फ ध्यान दिँदै भग्नावशेषमा पुरिएका बाँकीको खोजी तीव्र छ। भूकम्पमा मान्छेसँगै पुरिएका घरपालुवा जनावर तथा पशुपन्छीको उद्धार र व्यवस्थापन भने हुन सकेको छैन।
भग्नावशेषमा पुरिएर कुहिएका जनावर तथा पशुपन्छीको मृत शरीरसमेत महामारी र रोगका लागि मान्छेको शवजत्तिकै हानिकारक हुन्छ। भूकम्पले ग्रामीण भेगमा बढी क्षति गरेका कारण त्यहाँ पालिएका जनावर तथा पशुपन्छी धेरै मरेका छन्।
कृषि विकास मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार देशभर ६ हजार सात सय ४७ ठूला पशु मरेका छन्। ठूला पशुमा गाई, भैंसी, घोडा, गधा पर्छन्। आठ हजार सात सय ३४ साना पशु मरेका छन्।
प्रकाशित मिति: 2015-05-06 06:29:10