महाभूकम्पपछि उद्धारका लागि आएका विभिन्न ३४ मुलुकका उद्धार टोलीले 'फिल्ड' छाडेका छन्। सरकारले 'सर्च एन्ड रेस्क्यु'को काम सकिएको भन्दै फर्किन आग्रह गरेपछि उनीहरूले काम छाडेका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
कतिपय देशका उद्धार टोली स्वदेश फर्किएका छन्। उद्धारका लागि आएकामध्ये टर्की, जापान, बेलायत, भारत र अमेरिकाका टोली फर्किसकेका छन्। गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उद्धारका लागि आएका कुनै पनि टोली फिल्डमा नभएको बताए।