सिन्धुपाल्चोक वैशाख २३ । महाभूकम्पले सडक, संचार अबरुद्ध गरेपछि बेखबर बनेको उत्तरी तातोपानी नाकासँग सम्पर्क जोड्न नेपाल र चीनका टोलीले काम थालेका छन् । नागरिक दैनिकमा समाचार छ । राजमार्ग नखुलाई शव उत्खनन्, क्षति संकलन, राहत वितरण जस्ता प्रकोपका आकस्मिक कार्य असम्भव भएपछि अत्याधुनिक मेशिनरी उपकरणसहित चीन र नेपालका प्राविधिक तथा सुरक्षाकर्मी दुई तिरबाट युद्धस्तरमा जुटिरहेका छन्।
महाभूकम्पले बाह्रविसे–कोदारी २६ किमी सडक अवरुद्ध गरेको थियो। सडकको ठाउँ–ठाउँ चर्किएको थियो भने त्यति नै बेला पहिरोसमेत झरेर अवरोध गरेको थियो। सडक नै नभएपछि नाकाको मुख्य बजार तातोपानी, कोदारी र लिपिङमा उद्धार लगायत कार्य हुन सकेको थिएन।
प्रकाशित मिति: 2015-05-06 06:15:32