पश्चिम बंगालले पठाएको बाहेक नै भूकम्प आउनुअघि र पछि मुलुकभित्र ४ लाख त्रिपाल रहेपनि हजारौं पीडित परिवारले भने पाउन सकेका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षमा भुकम्प आउने अघिल्लो दिनसम्म १ लाख ५५ हजार त्रिपाल आयात भएको थियो ।
विभागले राहतमा आएको त्रिपाललाई एकीकृत गरिसकेको छैन् ।
तर विभागले उपलब्ध गराएको विवरणलाई एकीकृत गर्दा राहत शीर्षकमा सोमबार साँझसम्म २ लाख ४४ हजार त्रिपाल भित्रिएको देखिन्छ ।