नेपालका लागि बेलायतका कार्यबाहक राजदूत जोन रन्किनले भूकम्प पीडितहरुका लागि २ करोड २८ लाख पाउण्ड करिव दुई अर्व ५३ करोड रुपैयाँ सहयोग गर्ने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
बेलायतका जनताको स्वेच्छिक योगदानबाट ३ करोड ३० लाख पाउण्ड (करिव ३ अर्व ६६ करोड ) रुपैयाँ सहयोग आउन लागेको समेत जानकारी गराए । उनले आफ्नो देशले नेपालमा भूकम्पको जोखिमरहित भवन बनाउन अन्तराष्ट्रिय समुदायसंग समन्वय गर्ने समेत जानकारी दिए ।
कार्यबाहक राजदूत रन्किनले बेलायतले राहत वितरणलाई सघाउ पुर्याउन चिनियाँ हेलिकोप्टर दिएको जानकारी दिए । यी हेलिकोप्टरहरुले विश्व खाद्य कार्यक्रमबाट दिइएको सामग्री भूकम्प प्रभावित पीडित रहेका स्थानमा छिटो पुर्याउन सघाउने पनि बताए ।