जाजरकोटमा अधिकांश बिरामी दमको रोगबाट ग्रसित भएको पाइएको छ। मौसमी फ्लु लागेको आशंकामा नियन्त्रणका लागि गाउँगाउँमा खडा गरिएको स्वास्थ्य शिविरमा परीक्षण गरिएका आठ हजार बिरामीमध्य ४० देखि ६० प्रतिशत दमका बिरामी पाइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
मौसमी फ्लु (कडा रुघाखोकी र ज्वरो) संक्रमण भएको जुम्ला सिमानामा पर्ने जाजरकोटका गाविसमा स्थलगत भ्रमण गरी सोधपुछ गर्दा यो पुष्टि भएको हो।
पजारु, अर्छानी, टालेगाउँ, चकला, नायकबाडा, मजकोट, झाप्रा, लिम्सालगायतमा ९० प्रतिशत दमका बिरामी भेटिएका छन्। दमबाट ४० वर्ष उमेरमाथिका महिला र पुरुष बराबरीको संख्यामा पीडित भएका छन्।
चिकित्सकले कतिपय किशोरकिशोरी पनि दमबाट पीडित भएको पाएका छन्।