नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै ३ खर्बबराबरको नोट जलाएर नष्ट गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालले २००३ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो । यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२ अर्बबराबरका नोट छपाइ गरिएका छन् ।
चलनचल्तीका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पुर्याएर नष्ट गरेको हो ।