टर्किस विमान दुर्घटनाग्रस्त भएर चार दिन आवागमन रोकिएको केही सातापछि भारतीय उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउन नेपाल सरकारलाई प्रस्ताव गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
त्रिभुवन विमानस्थल स्तरोन्नतिको प्रस्ताव नेपाल सरकारसँग गरेको जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले भने, 'टर्किस विमान दुर्घटनापछि भारतीय प्राधिकरणले त्रिभुवन विमानस्थल स्तरोन्नतिमा चासो राखेको हो, हामी कसरी यसलाई विस्तार गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं।'
टर्किस विमान डेढ महिनाअघि त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त हुँदा चार दिन जहाज आवागमन ठप्प भएको थियो। भारतीय वायुसेनाको हर्कुलस जहाज काठमाडौं पुगेर टर्किस विमान हटाउन सहयोग गरेको थियो।
भारतीय विदेश मन्त्रालयका सहसचिव ठाकुरका अनुसार भारतले निजगढ विमानस्थल बनाउन पनि रुचि देखाएको छ। भारतीय उड्डयन प्राधिकरणले ११ अन्तर्राष्ट्रिय विमानस्थलसहित भारतका १२५ विमानस्थलको व्यवस्थापन गर्छ।
प्रकाशित मिति: 2015-04-25 06:17:46