अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ 'कि हार्यो अब यै एउटा जीवन कि जित्यो संसार' भन्न गीत वामपन्थी आन्दोलनमा निकै चर्चित छ। संसार जित्ने त्यही सपना देखेर कय्यौं अभिभावक माओवादी 'जनयुद्ध'को मोर्चामा लामबद्ध भए र जीवन गुमाए। अभिभावकहरूको त्यो नि:स्वार्थ बलिदानको सजाय भने तिनका निर्दोष सन्तानले भोगिरहेका छन्।
माओवादीको १० वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनका क्रममा थुप्रैले सहादत प्राप्त गरेका थिए, बेपत्ता र घाइते भएका थिए।
तिनका सन्तानले न आन्दोलनकारी पक्षको काख पाउन सके, न सरकारको साथ। अलपत्रजस्तै छाडिएको सहिद स्मृति विद्यालयले जेनतेन अभिभावकविहीन विद्यार्थीलाई शिक्षाको घाम दिने प्रयत्न जारी राखेको छ।
दैलेखका दलबहादुर बुढा र टीकाराम बुढा विद्यालय भर्ना भएदेखि बाहिर निस्कन पाएका छैनन्। विद्यालयका प्रिन्सिपल झविन्द्र पौडेल भन्छन्, 'चाडपर्व वा जाडो बिदा जे भए पनि उनीहरूका लागि विद्यालय नै घर हो।
अहिलेसम्म यी विद्यार्थीका अभिभावक आएर भेटेको मलाई थाहा छैन।' प्रिन्सिपल पौडलका अनुसार मुगुका सन्तोष भण्डारी, कालीकोटका विनोद बम र रुकुमका निमबहादुर गोसाईं विद्यालयको आँगन टेकेदेखि अहिलेसम्म दसैंतिहारमा समेत घर गएका छैनन्।
प्रकाशित मिति: 2015-04-25 06:12:48