नेपाली मूलका भुटानी नागरिकहरु आफ्नो थलो छाडेर अझै शरणार्थीका रुपमा नेपाल आउने क्रम जारी रहेको खुलासा भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
अढाइ दशक पहिले भारतीय भूमि हुँदै पुर्वी नेपाल छिरेका भुटानी शरणार्थीहरु घरफिर्ता हुन सकेनन् ।
उनीहरुमध्ये धेरैजसो तेस्रो देश पुर्नवास गइरहेका छन् । यो अवस्थामा समेत दिनहुँजसो नयाँ शरणार्थी आइरहेको शरणार्थी नेताहरुले बताएका छन् । भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले सन् २०१२ पछि करिब ३ हजार भुटानी शरणार्थी शिविरमा थपिएको दाबी गरे ।