ड्युटीमा खटिएका प्रहरीले अनाथ बालबालिकालाई बलात्कार गरेको गम्भीर र जघन्य घटना शनिबार यहाँ सार्वजनिक भएको छ।
जसले सुरक्षा दिनुपर्ने हो उनीहरूबाटै यस्तो घटना हुनुले पनौतीबासी क्षुब्ध भएका छन्। पनौती नगरपालिका १३ स्थित बालबालिकाको क्षेत्रमा काम गर्ने सिविन भन्ने संस्थाले चलाएको शान्ति गृहको संरक्षणमा रहेका बालिकाहरू राति भागेपछि प्रहरीले बलात्कार गरेको खुलासा भएको खबर आजको नेपाल समाचार पत्र र राजधानी दैनिकमा छापिएको छ।
गत बुधबार चैत २५ गते राति साढे १० बजेको समयमा पनौती नगरपालिकास्थित बसपार्कमा ड्युटीमा रहेका प्रहरी हवल्दार शम्भु राउत अहिर र जवान श्रीराम शाहले१७ र १५ वर्षीया बालिकालाई धम्क्याएर बलात्कार गरेको बालिकाहरूले प्रहरीमा बयान दिएका छन्।