कतारका श्रम तथा सामाजिक मामिला मन्त्री पनि नेपाल भ्रमणमा आउने भएका छन्। यही चैत २१ देखि २३ गतेसम्म हुने उनको भ्रमणमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसहितका अधिकारीसहित मन्त्रालयका उच्चअधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणामा कतारका श्रम तथा सामाजिक मामिला मन्त्री नेपाल आउन लागेका हुन्।
वार्तामा नेपालले आफ्ना कामदारको सेवासुविधा वृद्धि, खानेबस्ने व्यवस्थामा सुधारलगायतका मुद्दा उठाउने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले जानकारी दिए।
सन् २०२२ मा हुने विश्वकप फुटबल खेलको तयारीका लागि अहिले त्यहाँ पूर्वाधार निर्माणका काम भइरहेका छन्। कतार मलेसियापछि दोस्रो धेरै नेपाली कामदार जाने मुलुकमा पर्छ।
प्रकाशित मिति: 2015-03-31 06:35:30