जवरजस्ती करणी गरेकेा आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । प्रहरीले पीडितको जाहेरीका आधारमा हवल्दार बृजकुमार यादवलाई नियन्त्रणमा लिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
सोनामाई गाविस १ की १८ वर्षीया युवतीलाई बलत्कार आरोपमा उनलाई पक्राउ गरको हो ।
आफ्नो केटा साथीसंग जलेश्वर जीरो माईलस्थित परदेशी होटलको ३ नं कोठामा बसेकी उनलाई हवल्दार यादवले केटा साथीलाई कुटपीट गरेर बाहिर निकाली कोठाभित्र चुकुल लगाएर जवरजस्ती गरेको जाहेरीकेा आधारमा प्रहरीले कारवाही सुरु गरेको हो ।
युवतीकेा स्वास्थ्य परीक्षण गरिएको छ ।